जसले सारंगी छाडेनन्, जसलाई सारंगीले छाडेन

थाहा खबर

काठमाडौँ

राजु पौडेल

गीतको आत्मा नै संगीत हो। मानवीकरण गर्दा संगीतको माधुर्यले सास फेर्छ। फरक-फरक वाद्यवादनको समीकरणले बनेको संगीतमा जब शब्द उनिन्छ : तब बन्छ एउटा गीत।

हामीले सुनिरहेको संगीतको यो समीकरणमा सारंगीको मान महत्वपूर्ण छ। एउटा गीतमा सारंगीको धुन नहुँदा के होला ?संगीतप्रेमीहरू भन्दा हुन्- 'तरकारीमा नुन नलागेजस्तो भयो।'

संगीत क्षेत्र समीकरणमै अडेको छ। तर, वाद्यवादकहरूको मान कहिल्यै देखाइँदैन। गीतकारलाई नै बेपत्ता पारिदिने उत्पादकहरूले सारंगीवादकलाई पनि उसैगरी गुमनाम बनाइदिन्छन्‌। आज हामीले गन्तीमा नरहेका तिनै सारंगीवादकका प्रतिनिधिलाई खोजेका छौं।

गन्धर्व जातिले वर्षौदेखि जोगाइ आएको सारंगी संस्कृति अझै पनि शहरको गल्लीदेखि सुदूर गाउँका पाखा-पखेरामा फक्रिइरहेको छ। झलकमान गन्धर्वजस्ता महान हस्तीहरूको बाटो समात्दै अहिले धेरै युवापुस्ता यसतर्फ आकर्षित छन्। तिनै मध्ये एक हुन्‌ : गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइली।

प्रकाशित मिति: : 2021-01-03 18:38:00

प्रतिकृया दिनुहोस्