पछिल्लो २४ घण्टामा देशभर थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो।
यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल ५४८७ संक्रिय संक्रमित छन्।
उनीहरुमध्ये २ लाख ५४ हजार ४९४ संक्रमणमुक्त भएका छन्।
उनीहरुमध्ये १९६६ जना होम आइसोलेसनमा छन् भने १९९ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
हालसम्म कोरोना संक्रमणको कारण १८७८ जनाको मृत्यु भएको छ।