चलचित्र ‘यस्तो एउटा प्रेम काहानी’ले नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको छ। चलचित्र निर्माण पक्षले माघ १ गते प्रदर्शन गर्ने घोषणा गरेका छन्।
पुष १७ गते पोस्टर सार्वजनिक गरेपछि चलचित्र माघ १ गते देशभर प्रदर्शन हुनेछ।
निर्माण टोलीले विज्ञप्ति सार्वजनिक गर्दै कोभिड १९ को विषम परिस्थितिले ठप्प रहेका सिनेमा हल सञ्चालन गरेर नेपाली चलचित्र जगतलाई टेवा पुर्याउने अभियानमा चलचित्र निर्माण टोली होस्टेमा हैंसे गर्न आइपुगेको उल्लेख गरिएको छ।
अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस चलचित्रमा शिव श्रेष्ठ, उनका छोरा शक्ति श्रेष्ठ, प्रियंका कार्की, करिश्मा मानन्धरकी छोरी कविता मानन्धर, आयुष्मान देशराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतका कलाकारकाे चलचित्रमा अभिनय रहेका छन्। यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका छन्।
फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रको निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन्। खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापामगर र तारा तुलाधर चलचित्रका सह–निर्माताहरु हुन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया