प्रश्नैप्रश्नको कारखानामा महिला

देखापढी

काठमाडौँ

ज्यास्मिन ओझा

एकाबिहानै मेरो मोबाइलको घण्टी बज्यो, उठाएँ। औपचारिक हाईहेलोपछि उताबाट प्रस्ताव आयो- जस्मिनजी, तिजको अवसरमा एउटा विशेष लेख लेख्नुपर्‍यो।

खोइ, के लेख्नु र?’ मैले हाँस्दै टार्न खोजेँ।
 
‘महिलाकै समसामयिक विषयबारे लेख्नुस् न,’ उताबाट सुझाव आयो।

एकछिन सोचेँ। एकजना बहिनीसँग सल्लाह पनि गरेँ। उसले भनी, ‘आहा, लेख्नुपर्छ दिदी। समाजमा महिलाले भोगिरहेका पीडाबारे सबैलाई रियलाइज त गराउनुपर्‍यो नि!’

बहिनीको कुरा ठिकै लाग्यो। एकछिन सोचमग्न पनि भएँ। ‘हो त, समाजमा महिलाको अवस्थाबारे सबैलाई थाहा दिनै पर्छ, अनि मात्र कायाकल्पको कुरो आउँछ।’

फेरि आफैंलाई प्रश्न गरेँ, ‘तर के लेखिसाध्य छ? कहाँबाट सुरू र, कहाँ अन्त्य गर्ने?’
 म यो कुरा जान्दछु कि ‘महिला’ एउटा यस्तो विषय हो जसमा लाखौं ठेली पुस्तक लेखे पनि कम हुन्छ। एकातर्फ महिलालाई देवीको रूपमा पुजिन्छ भने अर्कोतर्फ बोक्सी, वेश्याजस्ता अनेकाैं उपनामले दुत्कारिन्छ। अनि महिलाले जन्मेदेखि मर्दासम्म भोग्नुपर्ने विभेदका अन्त्यहीन शृंखलाहरू छन्।
 

प्रकाशित मिति: : 2021-01-02 10:08:00

प्रतिकृया दिनुहोस्