यः मरीको कथा र नेवार संस्कृति

सम्राज्ञी भण्डारी

यःमरी पुन्हीको अघिल्लो दिन (मंगलबार) बिहान १० बजे ५२ वर्षीय द्वारी महर्जन पूजाका सामग्री लिएर लाजिम्पाटको सडकमा हतार–हतार हिँड्दै थिए । प्रायः महिलाले पूजाका सामग्री लिएर मन्दिर वा कुनै तीर्थस्थल गएको दृश्य नौलो होइन, यी दाइचाहिँ पूजाका सामान लिएर कता जाँदै होलान् ? के पर्व विशेष पर्यो होला?  

लाजिम्पाट घर भएका उनले भने, ‘रानीवन हिँडेको नानी । त्यहाँ हाम्रो कुलदेवीको मन्दिर छ, रानीदेवीको मन्दिर । नयाँ धान भित्रिएपछि त्यहाँ पूजा गरेर चढाउने चलन छ । यःमरी पूर्णिमाको अघिल्लो दिन नै हामी यो पूजा लैजान लागेका हौं।’ 

नेवारहरूको अन्न र परिकारसँग सम्बन्धित विशेष पर्व यःमरी पुन्ही यसपालि १५ पुसको दिन परेको छ । संस्कृतिविद् चुन्दा वज्राचार्यका अनुसार, वर्षभरिका १२ वटा पूर्णिमामध्ये मार्गशुक्ल पूर्णिमालाई यःमरी पुन्ही भन्ने गरिन्छ । यस दिन नेवार समुदायले मौलिक प्रकारको रोटी यःमरी पकाई खाने गर्छन् । यही रोटीको नामबाटै यस पूर्णिमाको नाम रहेको हो। 

प्रकाशित मिति: : 2020-12-30 15:14:00

प्रतिकृया दिनुहोस्