सन्तोष बराइली
चिनी मिलसँग भुक्तानी माग गरेर आन्दोलन गरिरहेका मधेश ग्रामिण भेगका उखु किसानलाई अहिले अर्को चटारो छ।
उनीहरू आफ्नो आन्दोलनलाई केही समय विश्राम दिएर भएपनि नजिकिएको माघे संक्रान्तिलाई लक्षित गरेर यति बेला धमाधम उखुबाट चाकु बनाइरहेका छन्।
चाकुलाई तराई–मधेशमा मिठा भनिन्छ भने पहाडतिर सख्खर भन्ने गरिन्छ। माघे संक्रान्तिमा चाकु अनिवार्य ब्याञ्जन हो।
माघे संक्रान्तिका दिन बिहान स्नानपछि तिलको लड्डुसँग चाकु खाने चलन निकै पुरानो हो।
माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंको बजारलाई लक्षित गरेर यतिबेला प्रदेश–२ को सिरहा जिल्लाका उखु किसानलाई चाकु बनाउन भ्याईनभ्याई छ। तिनै ब्यस्त उखु किसानमध्ये एक हुन्, रामबाबु यादव पनि।
सिरहाको मिर्चैया नगरपालिका–११ सितापुरका रामबाबुको परिवारलाई अहिले चाकु बनाउने हतारो छ। उनीहरूले बारीमै उखु पेल्ने क्रसर जडान गरेर चाकु बनाइरहेका छन्।
बारीमै क्रसरले उखु पेल्ने मेशीन राखेका उनीहरूले रसलाई उमालेर पकाउने चुल्हो पनि खेतमै राखेका छन्।
उखुको रसलाई पकाएर चाकु बनाउने गरिन्छ। उनीमात्रै होइन, बताहा खोलाको किनार मिर्चैयाका दर्जनभन्दा बढी किसान अहिले यसैगरी चाकु बनाउन ब्यस्त छन्।
चिनी मिलले समयमा भुक्तानी नदिँदा जिल्लाका उखु किसान मर्कामा छन्। एक बिगाहा जग्गामा उखु लगाएका रामबाबुले बिएल नेपाली सेवासँग दुःखेसो पोखे, ‘अब म उखुको साटो अरू नै बाली लगाउँछु।’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया