भुसालले गर्न नसकेको काम अर्यालले गर्लिन् ?

रातोपाटी

काठमाडौँ

प्रयास श्रेष्ठ 

गत आइतबारमात्र मन्त्री पद्मा अर्यालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पदभार ग्रहण गरेकी छन् । यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीमा रहेकी अर्यालको जिम्मेवारी हेरफेर गर्दै कृषि मन्त्रालयमा पदस्थापन गरिएको हो ।

२०७४ फागुन ३ गते झण्डै दुईतिहाई सहितको नेकपा सरकार गठन भएपश्चात् अर्यालले पहिलो पटक मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । फागुन ३ गते गठन भएको ओली नेतृत्वको सरकारमा मन्त्री अर्याललाई चैत्र २ गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो । मन्त्री अर्यालले करिब ६ महिना (चैत २ देखि भदौं १८सम्म) उक्त जिम्मेवारी निर्वाह गरेकी थिइन् ।

त्यसलगत्तै तेस्रो पटक मन्त्रीमन्डल पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले मन्त्री अर्याललाई राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पदस्थापन गरे । २०७५ भदौं १८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री अर्यालले उक्त मन्त्रालयमा निरन्तर २ वर्ष ३ महिना २२ दिन काम गरिन् । पछिल्लो विकसित राजनीतिक घटनाक्रमले फेरि एकपटक अर्यालको जिम्मेवारी हेरफेर भएको छ । उनले अहिले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी हुन् । यद्यपि उनका सामु अग्निपरीक्षा सुरु भएको विश्लेषकहरु बताउँछन् ।

प्रकाशित मिति: : 2020-12-28 12:08:00

प्रतिकृया दिनुहोस्