नागढुंगाबाट प्रहरीले दुईजना लागू औषध कारोबारीलाई पक्राउ गरेको छ ।
रौतहटबाट काठमाडौं आउँदै गरेको ना.६ख ३१८१ नम्बरको बसमा आएका उनीहरुलाई प्रहरी प्रभाग नागढुंगाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका घर भएका गोबिन्द प्रसाद यादव र भारतीय नागरिक साहेबलाल यादव छन् ।
उनीहरुको साथबाट १२ सय एम्पुल डाइजेपाम, सोही परिमाणको फेनारगन र नुर्फिन बरामद गरिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए ।
३ वटा झोलामा प्याक गरिएको लागु औषध उनीहरुले बसको सिटमुनी लुकाएका थिए ।