चिनियाँ कम्युनिष्ट पार्टीको टोली काठमाडौं आइपुग्याे, नेताहरूसँग भेटघाट गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाको अन्तरसंघर्षका कारण छिमेकमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमलाई नजिकबाट बुझ्न चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा टोली काठमाडौं आइपुगेको छ।

एअर चाइनाको उडानबाट छङ्तु हुँदै चार सदस्यीय चिनियाँ टोली काठमाडौं आइपुगेको हो। 

टोलीले भोलि बिहान ९ र ११ बजे नेकपा (प्रचण्ड)का अध्यक्षद्वय पुष्पकमल दाहालर माधवकुमार नेपालसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

आज दिउँसो तीन बजे  प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई टोलीले भेट्ने छ। 

प्रकाशित मिति: : 2020-12-27 11:59:00

प्रतिकृया दिनुहोस्