उद्यमी जमुनाको पौरख : महामारीमा पीपीई बनाएर चिकित्सकलाई राहत

प्रकाश आचार्य

लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल उद्योगै–उद्योगको शहर हो भन्दा पनि फरक पर्दैन । यहीँ उद्योगको भीडमा बुटवलकी जमुना सुवेदीले पनि २ वर्षअघि गार्मेन्ट उद्योग सञ्चालन सञ्चालनमा ल्याएकी थिइन् ।

कपडा सम्बन्धी काममा सानै उमेरदेखि रूचि भए पनि गार्मेन्ट उद्योगबारे ज्ञान र अनुभव भएर जमुनाले उद्यममा हात हालेकी भने होइनन् ।

कहिल्यै कपडा सिलाउने मशिनमा नबसेकी जमुनाले सानै भए पनि सेवामूलक उद्यम गर्ने दृढ इच्छाशक्तिका साथ सानो पूँजीबाट गार्मेन्ट उद्योग शुरू गरेकी हुन् । शून्य अवस्थाबाट गार्मेन्ट उद्यमको भीडमा हाम्फालेकी जमुनाले धेरै प्रकारका कपडा काट्नेदेखि सिलाउने र फरक–फरक कपडाका डिजाइन समेत गरिन् ।

गार्मेन्टले एउटा लय लिइसकेको बेला कोरोना महामारीले देश ठप्प हुने अवस्था आयो । कोरोना कहरले जमुनाको गार्मेन्टमा काम गर्ने कामदारहरू पनि घर जाँदा उद्योग बन्द भयो । कोरोना संक्रमितको उपचारका समयमा चिकित्सकले लगाउने पीपीईको चरम अभाव थियो । उनलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्तालका चिकित्सकबाट पीपीई सिलाउन प्रस्ताव आयो ।

प्रकाशित मिति: : 2020-12-26 11:58:00

प्रतिकृया दिनुहोस्