बिएल संवाददाता
चीनले अब होटल तथा रेस्टुरान्टमा खानाको अर्डर गरेर छोड्नेलाई कार्यवाही गर्ने नयाँ नीति लागु गरेको छ।
नयाँ नियमअनुसार रेस्टुरान्टमा खाना बर्बाद गर्ने व्यक्तिलाई जरिवाना गरिनेछ। राष्ट्रपति सी चिङफिङले ‘अपरेशन एम्प्टी प्लेट’ अन्तर्गत मानिसलाई जति खानाको आवश्यकता छ, त्यति मात्र खाने नियमलाई स्वीकृती प्रदान गरेका हुन्।
यो नियमअनुसार रेस्टुरान्टमा खाना खान जाने व्यक्ति वा समूहले सदस्य संख्याभन्दा बढी खाना अर्डर गर्न पाउने छैनन्। यसमा प्लेटमा खाना छोड्ने व्यक्तिले १० हजार युआनसम्म जरिवाना तिर्नु पर्नेछ। यसका लागि रेस्टुरान्टलाई नै विशेष अधिकार प्रत्योजन गरिएको छ, ताकि उनीहरूले नै जरिवाना तोक्न सकुन्।
चीन सरकारले धेरै खाने संस्कारलाई रोक्न पनि यस्तो योजनाअघि सारेको हो। चिनियाँ एकेडेमी अफ साइन्सको एउटा रिपोर्टमा भनिएको छ, बेइजिङ र संघाईमा मात्र हरेक वर्ष मानिसहरू यति धेरै खाना फ्याँक्ने गर्छन, जसले तीनदेखि पाँच करोड मानिसको हरेक वर्षको खाना उपलब्ध हुनेगर्छ।
एउटा अध्ययनले चीनमा ५० करोड मानिस मोटोपनाको सिकार भएको बताएको छ। चिनियाँ सरकार अहिले यो विषयलाई लिएर निकै चिन्तित छ। चीनको राष्ट्रिय स्वास्थ्य समितिले दिएको रिपोर्टअनुसार सन् २००२ मा यो देशमा मोटोपनाबाट ७ दशमलव १ प्रतिशत जनसंख्या पिडित थियो। तर, २०२० सम्म आइपुग्दा बढेर १६ दशमलव ४ प्रतिशत पुगेको छ। शारीरिक गतिविधि तथा व्यायाम कम भएर यस्तो अवस्था आएको रिपोर्टमा उल्लेख छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया