क्रिसमसमा रंगिएकाे दरवारमार्ग (फाेटाे फिचर)

शनि शाक्य

काठमाडाै‌ं

इसाई धर्मावलम्बीको ठूलो चाड क्रिसमस डेलाई पछिल्लो समय नेपालीहरूले पनि धूमधामसँग मनाउन थालेका छन्। 

डिसेम्बर २५ मा मनाइने यो पर्व नेपालमा २०६२-६३ को आन्दोलनपछि मुलुक धर्म निरपेक्ष भएसँगै सार्वजनिक रूपमा मनाउन थालिएको हाे।

क्रिसमस डे नजिकिँदै गर्दा सपिङ मल, रेस्टुरेन्ट, तारे होटललगायत सबै क्रिसमसको तयारीमा जुटेका छन्।

राजधानीका विभिन्न चर्चदेखि सपिङ मल र गिफ्ट सपमा झिलिमिली बत्तीले क्रिसमस ट्री सजाइएका छन्। क्रिसमसको चहलपहल बजारमा राम्रै देखिन्छ। 

अहिले राजधानीका गिफ्ट पसल क्रिसमसका सामग्रीले भरिएका छन्।

क्रिसमस कार्ड, ट्री, सान्टा क्लजको ड्रेस र विभिन्न उपहार पसलमा देखिन्छन्। 

तर काेराेना महामारीका कारण चहलपहल शून्य छ। पर्यटककाे बाक्लाे चहलपहल हुने स्थान दरवारमार्गमा समेत खासै चहलपहल देखिएकाे छैन। 

लामाे समय सरकारले विदेशी पर्यटकहरुलाई नेपाल आउन लगाएकाे प्रतिबन्धले पर्यटकहरु नभित्रिएकाे उनीहरु बताउछन्। 

प्रकाशित मिति: : 2020-12-24 18:20:00

प्रतिकृया दिनुहोस्