नेकपा (प्रचण्ड)का अध्यक्षसँग यान्छीकाे भेट

बिएल संवाददाता

काठमाडाै‌ं

चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान नेकपा (प्रचण्ड)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन्।

यान्छी बिहीबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्। 

स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा कुराकानी भएको थियो।

प्रचण्डसँग राजदूत यान्छीको २० मिनेट जति कुरा भएको थियो।

राजदूत यान्छीले प्रचण्डसँग समसामयिक विषयमा कुरा भएको जनाइएको छ।

यसअघि पनि नेकपाको अन्तर संघर्ष चर्कदै जाँदा चिनियाँ राजदूतको सक्रियता बढ्ने गरेको थियो।

यसअघि पनि यसअघि नेकपाका ओली र प्रचण्ड–माधव समूहले अलग–अलग केन्द्रीय समितिको बैठक बोलाएलगत्तै राजदूत यान्छीले सक्रियता बढाएकी थिइन्।

प्रकाशित मिति: : 2020-12-24 11:45:00

प्रतिकृया दिनुहोस्