नेविसंघको आन्दोलनमा रौनियार घाइते

प्रधानमन्त्री केपी शर्मा ओलीको अवैधानी निर्णयविरुद्धमा भएको प्रदर्शनमा बारामा एक जना घाइते भएका छन्।

सरकारले गरेको संसद विघटनविरुद्ध सोमबार प्रदर्शनमा उत्रेका नेपाल विद्यार्थी संघ बाराका सहमहामन्त्री राजेश रौनियारसहित अन्य युवा नेताहरू पनि प्रहरीसँग झडपमा परी सामान्य घाइते भएका छन्।

सहमहामन्त्री रौनियारसहित विद्यार्थी नेताहरु यश मिश्रा, विनय राज शर्मा लगायत घाइते भएको प्रहरीले जानाएको छ । 

प्रदर्शनमा सहभागी भएका विद्यार्थी नेताहरूले अवैधानिक कदम खारेज गर, सघिय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, संविधान मिच्न पाइदैन जस्ता नारा लगाएका थिए ।

यही क्रममा कलैया चोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। नेविसंघ बारा सहमहान्त्री रौनियारको हात पोलेको छ भने अन्य घाइतेहरूलाई सामान्य चोटपटक लागेको छ। 

प्रदर्शको क्रममा बालिएको टायरको आगोबाट सहमहामन्त्री रौनियारको हात पोलिएको हुनसक्ने अनुमान गरिएको छ। 

लोकतन्त्रको रक्षाको लागि आफूले अन्तिम स्वास रहेसम्म लड्ने रौनियाले बताए। उनले सरकारको यस्तो गतिविधिलाई कडा रूपले प्रतिरोध गर्ने बताए। 
 

प्रकाशित मिति: : 2020-12-21 14:41:00

प्रतिकृया दिनुहोस्