ओलीले अब संकटकाल लगाउने सम्भावना कति ?

रातोपाटी

काठमाडाैं

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा विघटनपछि उत्पन्न अवस्थालाई लिएर संकटकाल घोषणाको आँकलन गर्न थालिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

संसद विघटनको कदमविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट पक्ष, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा)लगायतले संयुक्त प्रतिवाद निष्कर्ष निकालेका छन् । आइतबार पनि काठमाडौँसहित देशका विभिन्न भागमा सरकारी कदमका विरुद्ध प्रदर्शन भएको छ । यो प्रदर्शन चर्कदै जाने आँकलन गरिएको छ ।

 प्रतिनिधिसभा विघटनपछि अवस्थालाई मध्यनजर गरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चार वटै सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा छलफल गरेका थिए । ओली आइतबार साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीसँग मुलुकको सुरक्षा चुनौतीको विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति: : 2020-12-21 09:49:00

प्रतिकृया दिनुहोस्