कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसमितिको बैठक

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । 

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेर मध्यावधि निर्वाचनको घोषणा गरेको सन्दर्भमा कांग्रेसले छलफलको लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।

बैठक पुस ७ गते मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने  छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने छ ।
 

प्रकाशित मिति: : 2020-12-20 16:43:00

प्रतिकृया दिनुहोस्