नाम परिवर्तन गरे भाग्य फेरिने विश्वास !

बाह्रखरी

काठमाडाैं

के नाम बदल्दा भाग्य पनि फेरिन्छ ? केही चिनियाँ समुदायको यसप्रति धेरै ठूलो विश्वास छ । गत अप्रिलमा मेन्डी पाङ जे कुरासँग सबैभन्दा बढी डराइरहेकी थिइन् आखिरीमा त्यही भयो, काम गर्ने ठाउँबाट मालिकले अचानक जुममा बोलाएर उनलाई मार्केटिङको जागिरबाट हटाउने निर्णय सुनाए । 

यसपछि निराश र आक्रोशित २९ वर्षीया यी हङकङ वासिन्दा घर फर्किइन् र त्यस अघिका जागिरमा पनि यस्तै किसिमको दुर्भाग्यवश् घटनाहरु भएको सम्झिइन् । यसको एक महिनापछि काम खोज्दै गर्दा उनलाई अब एउटै कुराले यसको समाधान गर्न सक्छ जस्तो लाग्यो । पाङले आफ्नो आधिकारिक नाम बदल्ने विचार गरिन् जसले भविष्यमा उनको भाग्यमा सुधार ल्याउने उनी विश्वास गर्छिन् । 

उनी भन्छिन्, “मेरी आमाको साथीले मलाई भन्नुहुन्थ्यो कि नयाँ नामले मलाई मेरो जीवनमा नराम्रो प्रभाव पार्ने मान्छेहरुबाट मुक्त गराउन सक्छ । त्यसैले मैले यस्तो निर्णय लिएकी हुँ ।”

चीनको प्राचीन संस्कृति अनुसार सबै मान्छेको नामका पछाडि केही न केही अर्थ हुन्छ जसले हामीले सोचेभन्दा धेरै महत्व बोकेको हुन्छ । पूर्वी एसियाभर चिनियाँ समुदायहरुले मान्छेको नामले जीवनको सबै पक्षमा : स्वास्थ्यदेखि प्रेम, आर्थिक अवस्था र पढाइसम्ममा प्रभाव पार्न सक्ने विश्वास गर्छन् । 

यस्तोमा महामारीका कारण अर्थतन्त्रमा नराम्ररी क्षति पुगेका बेला पाङ जसरी बेरोजगार भएर बस्नुपरेका धेरैले आफ्नो सीभीलाई आकर्षक बनाउनुका साथै ज्योतिषहरु कहाँ गएर नाम बदल्ने सम्बन्धी तिनको सुझाव पनि लिइरहेका छन् । 

प्रकाशित मिति: : 2020-12-20 11:04:00

प्रतिकृया दिनुहोस्