धमिलिदै गएको दृष्टि मेरो
लाग्छ भविष्य कतै अग्लो पहाड हो 
म उक्लिरहेछु
जति जति माथि लागें लाग्छ तुवाँलो बढिरहेछ
म देख्न सक्दिन केही !
म सिक्न सक्दिन केही
यो समाज
अनि यो समय 
गणित भन्दा कठिन रहे ज्यादा !
पत्नी परपुरुषसङ्ग फरार रहेको लोग्ने झै 
प्रेमि अर्कै सुन्दरीसङ्ग भेटिदा झै
नि: शब्द छु म 
गरु त गरु के ! 
न सपना न सफलता 
अहिले त लाग्छ म मरिसके 
अनि कहिले जन्मदै छु !
बेफुर्सदिलो समय 
भागिरहेछु आफैसङ्ग 
के थिए ! के छु !
लाग्छ म तुवाँलोमा भड्किएकाे मुसाफिर हुँ 
पाइला दब्दै गएका छ्न 
कुनै दिन घाम लाग्ने छ !
देख्न सकु सायद 
म के हुँ ! कहाँ छु !


 

प्रकाशित मिति: : 2020-12-19 15:03:00

प्रतिकृया दिनुहोस्