बिएल संवाददाता
नेपाल गुणस्तर तथा नापतौल कार्यालयले आकाश जोगिनी इन्टरप्राइजेज (पेट्रोल पम्प) सामाखुशीलाई कारवाही गरेको छ ।
पम्पको सील तोडेर उपभोक्तालाई ठगी गरेको भन्दै कार्यालयले पम्पलाई कारवाही गरेको हो ।
कार्यलयका प्रमुख मनिषकुमार दासले पेट्रोल पम्पमा सील तोडेपछि घटी र बढी बेच्न मिल्ने बनाएर उपभोक्ता ठगी गरेकाले कारवाही गरिएको जानकारी दिए। कार्यालयले पेट्रोल पम्पको नोजल सिल गर्नुका साथै पेट्रोल तथा डिजेल विक्रिवितरणसमेत रोक लगाएको छ ।
पेट्रोल पम्पका सञ्चालक पुरुषोत्तम मानन्धरले पम्पबाट पेट्रोलियम पदार्थ चुहावट भएपछि नापतौलको टोली बोलाएर परीक्षण गर्दा सील तोडिएको पाइएको जानकारी दिए ।
नापतौल ऐन, २०२५ को दफा ३० (३) मा सील तोडेर उपभोक्ता ठगी गर्नेलाई तीन वर्ष कैद र रु ३० हजार जरिवना गर्ने व्यवस्था रहेको छ । उक्त कार्यालयले चालू आर्थिक वर्षमा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरेको भन्दै दुई हजार ७०८ व्यवसायीलाई कारबाही समेत गरिसकेको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया