यो साताको प्राविधिक विश्लेषणले के देखायो ? आगामी साता के होला?

काठमाडौं, पुस ३ : यो साता नेप्से परिसूचक ६८ दशमलव ४९ अंंकले वृद्धि भएको छ। नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन १९६४ दशमलव ०२ को विन्दुमा बन्द भएकोमा यो सातासम्म आउँदा नेप्से परिसूचक २०३२ दशमलव ५१ को विन्दुमा बन्द भएको छ। यो साता पाँच दिन नै शेयर कारोबार भएको थियो।आइतबार नेप्से परिसूचक २ दशमलव ३६ प्रतिशतले वृद्धि भएकोमा सोमबार पनि २ दशमलव ८२ प्रतिशतले वृद्धि भएको बजार मंगलबार, बुधबार र बिहीबार भने घटेको थियो।  

सुरुको दुई दिन सय अंकभन्दा माथि वृद्धि भएको बजार त्यसपछि थोरै मात्र घट्दा यो साता लगानीकर्ताको लागि सुखद् नै रह्यो। बजार पूँजीकरण अघिल्लो साताभन्दा करिव ३ दशमलव ७६ प्रतिशतले वृद्धि हुन सफल भएको छ ।

यसको अर्थ यो साता लगानीकर्ताको सम्पति करिब एक खर्बले वृद्धि भएको छ। अहिल्लो साताको अन्तिम कारोबार दिन २६ खर्ब ३३ अर्ब रहेको बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन २७ अर्ब ३२ करोड पुगेको छ। सोमबार ७ अर्बमाथि कारोबार भएकोमा बिहीबार ६ अर्ब ७७ करोडको शेयर कारोबार भएको छ।  यो साता औसतमा दैनिक ६ अर्बको शेयर कारोबार भएको छ। 

प्रकाशित मिति: : 2020-12-18 17:55:00

प्रतिकृया दिनुहोस्