राष्ट्र बैंकको निर्देशनले शेयरबजारमा नकारात्मक असर, नेप्से घटे पनि कारोबारमा वृद्धि

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल राष्ट्र बैंकको निर्देशनको प्रभाव स्वरुप शेयरबजारमा नकारात्मक प्रभाव देखिएको छ ।

नेप्से सूचक २२.७० अंकले घटेर २०३२.५१ विन्दुमा आइपुगेको छ । कारोबार रकम भने अघिल्ला दिनहरुको तुलनामा उच्च हिसाबले वृद्धि भएकाले अब विस्तारै बजार सम्हालिने अपेक्षा गरिएको छ ।

१९५ कम्पनीको ६ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

सूचक घटे पनि खरिदबिक्री रकम आकर्षक हिसाबले वृद्धि भएकाले बजार तत्काल सुधार हुने धेरैले अनुमान लगाएका छन् ।

नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको सर्कुलरमा सबल वित्तीय सूचक भएका कम्पनीहरुलाई सकारात्मक छ तर नकारात्मक वित्तीय अवस्था भएका, समयमा साधारण सभा नगर्ने अनि संस्थागत सुशासन समेत कमजोर भएका कम्पनीहरुलाई भने केही असर गर्ने भएको हो ।

साताको अन्तिम दिन शेयरबजार रातो भएर बन्द भएको हो ।

३ कम्पनीको भाउ ९% भन्दा बढीले वृद्धि भएको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ ।

यसको ८० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा नेपाल बैंक परेका छन् ।

प्रकाशित मिति: : 2020-12-17 16:21:00

प्रतिकृया दिनुहोस्