बाढीपीडितलाई खाद्यान्न सहयोग

सांकेतिक तस्बिर

कालिकोटको शुभकालिका गाउँपलिकाले बाढीपीडितलाई राहत वितरण गरेको छ। 

गत साउन र भदौमा आएको अविरल वर्षापछि आएको बाढीपहिरो पीडितलाई राहत वितरण गरेको हो।

बाढीपहिरोमा परी धनमालसहित घरबारविहीन भएको शुभकालिका–८ का ८३ घरधुरीका लागि खाद्यान्न वितरण गरिइएको हो। 

उनीहरुलाई खाने बस्नेको समस्या भएका कारण खाद्यान्न वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईँले जानकारी दिए। 'तत्कालका लागि ६०० बोरा चामल वितरण गरेका छौँ', उनले भने, 'उहाँहरुको अहिले पनि खानबस्नको समस्या छ।'

गाउँपालिकामा ठूलो सङ्ख्यामा बाढीपहिरोमा परी घरबारविहीन भएको अवस्था रहेको र त्यसको तथ्याङ्क सङ्कलन गरेर घरबारविहीनका लागि आवासको व्यवस्था गरिने अध्यक्ष चौलागाईँले बताए।

'अहिले तथ्याङ्क सङ्कलन गरेर वास्तविक पीडितलाई आवासको व्यवस्था गर्ने तयारी थालेका छौँ' उनले भने, 'क्षतिको विवरण यकिन भएपछि आवास निर्माणका लागि तीनै तहका सरकार मिलेर काम गर्ने योजना रहेको छ।' रासस 

प्रकाशित मिति: : 2020-12-17 15:25:00

प्रतिकृया दिनुहोस्