आजको पुस्ताले २०१७ साल पुस १ लाई कुन रुपमा बुझेको छ ?

रातोपाटी

काठमाडौँ

फणिन्द्र नेपाल 

२०१७ साल पुस १ गते अर्थात् नेपालको राजनीतिले कोर्स परिवर्तन गरेको दिन । यो दिनलाई प्रजातन्त्रवादीहरुले जनअधिकार खोसिएका दिनका रुपमा सम्झिन्छन् भने केहीले ‘पञ्चायती व्यवस्थाको जन्मदिन’ का रुपमा लिन्छन् ।

तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई बर्खास्त गरी शासनसत्ता हातमा लिएको दिन हो २०१७ साल पुस १ गते । यसअर्थमा जनअधिकार खोसिएको वा प्रजातन्त्रको घाँटी निमोठिएको दिनका रुपमा २०१७ साल पुस १ लाई सम्झनु स्वाभाविक हो ।

त्यो दिनको साक्षी, भुक्तभोगी राजनीतिक पुस्ता अहिले सानो संख्यामा छ । तर त्यो पुस्ताका उत्तराधिकारीहरुले इतिहासका तिनै कालखण्डबाट पाठ सिकेर निरंकुशताको जननी मानिएको राजसंस्थालाई नै फालेर मुलुकमा गणतन्त्र ल्याइसकेका छन् । यद्यपि सडकमा अहिले पनि ‘राजा आऊ, देश बचाऊ’ भनेर नारा लागिरहेको अवस्था छ । स्वाभाविक रुपमा प्रश्न उठ्छ– गणतन्त्रका लागि लडेको पुस्ताले आज ‘राजा पठायौं, देश बचायौं’ भन्न सक्छ त ?

गणतन्त्रका लागि लडेको पुस्ताले २०१७ साल पुस १ को घटनालाई कसरी लिएको छ र अहिले सडकमा राजावादीहरुले गरिरहेको प्रदर्शनलाई कुन रुपमा हेरेका छन् भन्ने विषय समयसान्दर्भिक पनि हो । यसै सेरोफेरोमा रातोपाटीले गणतन्त्रका योद्धा मानिएका युवा पुस्ताका केही नेतासँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीहरुसँगको कुराकानी ।

‘त्यो ३० वर्षमा किन कायापलट हुन सकेन ?’

गगन थापा, नेता नेपाली काँग्रेस

२०१७ साल पुस १ को दिनलाई कसरी लिनुहुन्छ ? त्यस घटनाबाट के पाठ सिक्ने ?

२०१७ पुस १ को घटनालाई नेपालको राजनीतिक इतिहासमा नेपालले सर्वाधिक क्षति व्यहोरेको एउटा मोड भनेर मान्छु म । विश्व विकासको जुन चरणमा थियो र नेपालले भर्खर संसदीय प्रजातन्त्रको अभ्यास गर्दै थियो, त्यो बेला संवैधानिक राजतन्त्रसहितको त्यो संसदीय प्रजातन्त्रको अभ्यासलाई सुदृढ गर्न पाएको भए आज २०७७ सालको नेपाल अर्कै अवस्थामा पुगिसकेको हुने थियो ।

प्रकाशित मिति: : 2020-12-16 11:42:00

प्रतिकृया दिनुहोस्