उखु बेचेर घर खर्च चलाउने र आफ्ना ५ सन्तान तथा २ भाइलाई शिक्षादिक्षा दिलाउने आशमा ३ वर्ष अगाडि सर्लाही गोडैटा नगरपालिका– ११ शिशोरीका रामकल्याण महतोले साहुसँग ३६ प्रतिशत ब्याजमा १ लाख ऋण लिएर ३ बिगाहा जग्गामा उखु लगाए ।
महतोले त्यो बेला ल्याएको ऋण अहिलेसम्म तिर्न सकेका छैनन् । साहुले त्यसमा ब्याज जोडेर ४ लाख पुर्याएका छन् । त्यो बेलामा १ वर्षमा उखु बेचेर तिर्ने वाचामा ऋण लिएका थिए, तर ३ वर्ष पुग्दा पनि चिनी मिलले पैसा नदिँदा ब्याजको स्याज, स्याजको पनि ब्याज गरेर साहुले ४ लाख पुर्याएको महतोले दुखेसो पोखे ।
‘उखु बेचेर आफ्ना बालबच्चा पाल्छु भनेर उखु लगाउन ल्याएको १ लाख ऋण अहिले ४ लाख पुग्यो, अब हामीले कसरी ऋण तिर्ने ?’ महतोले आफ्नो दुखेसो पोख्दै भने, ‘अब त सरकारले पनि नहेरे जग्गा बेचेर तिर्ने बेला आयो ।’
‘उखुको ५ लाखभन्दा धेरै पैसा लिनु छ । पैसा लिन बाँकी हुँदाहुँदै पनि अब हामीले खेत बेचेर साहुको ऋण तिर्ने र सडकमा बसेर माग्ने ?’ महतोले सरकारसँग प्रश्न गरे ।
अहिले घरपरिवार चलाउनै समस्या भएको उनले बताए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया