जब ओली बैठकमा लतारिएर आए...

बाह्रखरी

काठमाडाैं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकप्रति खासै रुचि छैन । पार्टी कमिटीले ‘कोर अफ् द लिडरसिप’को दर्जा दिएको, राजनीतिक र साङ्गठनिक निर्णय गर्ने थलोको रूपमा परिभाषित गरेको सचिवालयको बैठक बोलाउन आनकानी गरेपछि गत कात्तिक २२ गते पार्टीको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै पत्र बोकेर बालुवाटार जानुपरेको थियो, बैठक बोलाउन सहमतिको माग गर्दै । ओलीले बैठक डाक्न सहमतिको दिनुको सट्टा पाँच पृष्ठ लामो पत्र लेखेर ‘फायर’ खोलेको प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरू बताउँछन् । त्यसपछि नेकपामा पत्रको दोहोरी नै चल्यो । अहिले नेकपाभित्रको विवादको कारण नै त्यही पत्र–शृङ्खला बनेको छ ।

त्यसपछि पनि प्रधानमन्त्री ओलीले बैठक राख्न तदारूकता देखाएनन् । सचिवालयका बहुमत सदस्यले जिद्दि नछाडेपछि सचिवालयको बैठक राख्नसम्म सहमत भएका थिए । स्थायी कमिटी बैठकप्रति भने उनको ‘दृष्टिकोण’ यथावत् थियो ।

मङ्सिर २० गते बसेको सचिवालयको ७० औं बैठकमा ओलीले ‘कार्यसूची नै तय भएको छैन, प्रस्ताव तयार नपारी स्थायी कमिटीमा के रत्यौली खेल्न जाने ?’ भन्दै टिप्पणी गरेका थिए । र, यस्ता बैठकको कुनै उपादेयता छैन भन्दै सचिवालय बैठकबाट उठेर हिँडेका थिए ।

प्रकाशित मिति: : 2020-12-13 20:18:00

प्रतिकृया दिनुहोस्