नेपाल एसिया छनोटको विजेता बने यू१९ विश्वकप खेल्न पाउने

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्वीर
फाइल तस्वीर

सन् २०२२ मा वेस्टइन्डिजमा हुने यू१९ एकदिवसिय विश्वकपको लागि रोडम्याप सार्वजनिक गरिएकाे छ। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आइतबार राेडम्याप सार्वजनिक गरेकाे हाे।

नेपालीले सन् २०२२ को यू१९ विश्वकप खेल्न संयुक्त अरव इमिरेट्स (यूएइ) मा हुने एसिया छनोटमा प्रतिस्पर्धा गर्ने छ। 

एसिया छनोटमा नेपालसहित पाँच टोलीले प्रतिस्पर्धा गर्ने छन्। नेपाल, यूएई र मलेसियाले आइसीसी एसिया क्वालिफायरमा सिधै स्थान बनाएका छन्। 

नेपाल सन् २०२१ मा यूएईमा पाँच टोलीबीच हुने एसिया छनोटको विजेता बनेको खण्डमा सन् २०२२ मा वेस्टइन्डिजमा हुने यू१९ विश्वकप खेल्न पाउने छ।

अन्य दुई टोली एसिया डिभिजन २ बाट छनोट भएर एसिया क्वालिफायरमा आउने छन्। 

यता भुटान, हङकङ, ओमान, कतार, साउदी अरबिया, सिंगापुर र थाईल्यान्डले एसिया डिभिजन २ मा प्रतिस्पर्धा गर्ने छन्।

शीर्ष दुई टोलीले एसिया छनोटमा खेल्ने छन्। उक्त छनोट भएर आउने दुई टोलीसँगै नेपाल, यूएई र मलेसियाले एसिया छनोटमा प्रतिस्पर्धा गर्ने छन्। विजेता विश्वकपमा पुग्ने छ। 

यू१९ विश्वकप छनोटमा कुल ३३ टोलीले प्रतिस्पर्धा गर्ने छन्। जसमा पाँच टोलीले यू१९ विश्वकपमा स्थान बनाउने छन्। 

उक्त पाँच टोलीसँगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्टइन्डिज र जिम्बावे सोझै विश्वकप खेल्ने छन्। टेष्ट टोली आयरल्यान्डले भने यूरोप छनोट खेल्नुपर्ने  छ।

प्रकाशित मिति: : 2020-12-13 17:14:00

प्रतिकृया दिनुहोस्