अमेरिकामा आजदेखि कोरोनाविरुद्ध खोप लगाउने अभियान सञ्चालन गरिने

अमेरिकामा आज (सोमबार) देखि कोरोनाविरुद्ध खोप लगाउने अभियान सञ्चालन गर्ने भएको छ।

अमेरिकाले कोरोनाविरूद्धको खोप फाइजर–बायोनटेकलाई इमर्जेन्सी प्रयोगका लागि स्वीकृति प्रदान गरेको केही समय नबित्दै खाेप लगाउन सुरु गरिने भएकाे हाे।  

फाइजर-बायोएनटेकले विकास गरेको खोपलाई त्यहाँको खोप नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले शुक्रबार स्वीकृति दिएकाे थियाे। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सन्देशमा २४ घण्टाभित्र अर्थात शनिबार–आइतबार नै अमेरिकी नागरिकलाई खोप लगाउने घोषणा गरेका थिए।

अमेरिकी नागरिकलाई दिइने खाेप  ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ।

खोपको पहिलो ३० लाख डोज सबै राज्यहरुमा पठाइने खोप वितरणको जिम्मेवारी पाएको नियका प्रमुख सैनिक जनरल गुस्ताभ पेर्नाले बताए। 

नोभेम्बर यता अमेरिकामा संक्रमण तथा मृत्यु हुनेको संख्या अति तीव्र गतिमा बढिरहेको छ।

शनिबार एकै दिन काेराेना भाइरसकाे संक्रमणबाट ३ हजार ३०९ जनाको ज्यान गएको थियो। 

यहाँ काेराेनाबाट दुई लाख ९७ हजार सात सय अमेरिकीको ज्यान गइसकेको छ।

महामारीबाट विश्वमा सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ६० लाख ३८ हजार भन्दा धेरै पुगेको छ। 

 

प्रकाशित मिति: : 2020-12-13 07:24:00

प्रतिकृया दिनुहोस्