कर्कश वर्कशप छाडेर मधुर संगीतमा जमेका कौशल

थाहा खबर

काठमाडौँ

बुटवलको एक वर्कशपमा काम गरिरहेका अर्जुन कौशललाई साहु राजु भण्डारीले एकदिन भने, 'अब तिमी गायक बन्‍नुपर्छ, काठमाडौं जाऊ, यहाँ मोटरसाइकल मर्मत गरेर आफ्नो कला नष्ट नगर।'

 

राजु पौडेल

|धौलागिरीमागुराँस फुल्ने लेकैमाहिउँचुलीमा घाम लाग्यो घमाइलोम त कालिपारेमौरी त्यसै घुम्दैनदार्जिलिङको घुम्तीमा घुम्यो रेलतिनाउ खोला पारीड्राइभर म माइलो जस्ता चर्चित लोक पप गीत सिर्जनाबाट नेपाली साङ्गीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल संगीतकार तथा गायक कौशलले 'यानिमाया होनथिया वालीले लगायत चर्चित गीतमा स्वर पनि भरेका छन्। उनको स्वरलाई पनि दर्शकले खुबै मन पराए।

'वि.सं. २०५० सालमा मलाई मेरा साहुजीले दिएको गायक बन्‍ने सुझाव मेरो जिन्दगीको सबैभन्दा ठूलो उपहार हो', उनी भन्छन्, 'यदी त्यो दिन उनले मलाई गायक बन्‍नुपर्छ नभनेको भए के हुन्थेँ, थाहा छैन।'

१२ वर्षमा परदेश

गुल्मीमा जन्मिएका अर्जुन पाल्पामा हुर्किए। घरको आर्थिक विपन्‍नताले उनका लागि पढ्नुभन्दा ठूलो पैसा कमाउनुपर्ने आवश्यकता थियो। परदेश जान आफन्त र गाउँलेको लर्को लाग्थ्यो। उनी त्यही लर्कोलाई पछ्याउँदै १२ वर्षको उमेरमा अंकलका साथमा भारततिर हिँडे। 

दिल्ली पुगेर उनले मेकानिक्सको काम सिके। आफू बस्ने घर नजिकै एक शिक्षिका थिइन्। उनीसँग सामान्य अध्ययन पनि गरे। बच्चैदेखि गायनका पारखी उनलाई ठूलो बुबा र काकाले तीन वर्षपछि नेपाल पठाइदिए। दिल्ली बसाइको त्यो तीन वर्षमा उनले मेकानिक्सको ज्ञान लिइसकेका थिए। बरू नेपाल गएर पढ्छु भन्दै उनी नेपाल फर्किए। बुटबल आएर तीन वर्ष बिताए। १५ वर्षमा बुटवल आएका उनले बागेश्‍वरी संगीतालयमा संगीत सिके। सुरेश सेन्चुरीबाट संगीत सिकेका उनले जीविकोपार्जनका लागि वर्कशपमा काम गरे।

प्रकाशित मिति: : 2020-12-12 12:45:00

प्रतिकृया दिनुहोस्