कलेज चलाउन नपाएपछि ७ करोडको भवनमा कुखुरा

आयोमेल

झापा 

राजेन्द्र गाैतम 

‘केही गरौं’ भन्नेलाई  सरकारी सहयोग नमिल्दा करोडौंको लगानी ‘बालुवामा पानी’ सरह हुने गरेकाे छ।  लगानीकर्ता फड्के किनाराको साक्षी बनेर पुर्पुरोमा हात राखेर झोक्राएको घटना पनि धेरैका लागि नौला होइनन् ।

त्यस्तै अर्को एउटा दृश्य झापाको अर्जुनधारा नगरपालिका-११ मा ट्ङ्गङमा देखिन्छ।  

बिर्तामोडका १० जना डेढ दशक अघि पूर्वमा इञ्जिनियरिङ कलेज स्थापना गर्न  जुटे।  उनीहरूले बिर्तामोडको टेकबहादुर गिरी  बसपार्क नजिकै एक बिघा पाँच कठ्ठा जमिन खरिद गरे।

सात करोड खर्चेर सुविधा सम्पन्न भवन पनि बनाए।  कलेजलाई उनीहरूले ‘पाथीभरा सेन्टर फर एड्भान्स स्टडिज’ नाम दिए । हाल कलेजको त्यही संरचना खण्डहरमा परिणत भएको छ।      

कलेज चलाउने सपना अधुरै छ। 

संरचना तयार भएकै समयमा २०६९ जेठ १४ गते कलेज स्थापनाका लागि निर्माणकर्ताले आसायपत्र पनि प्राप्त गरेका थिए।  

आशयपत्र पाएपछि हौसिएका उनीहरूले बिर्तामोडमा इञ्जिनियरिङ कलेजमा विद्यार्थी भर्ना खोल्नै लागेका थिए।  त्यत्ति नै बेला पूर्वाञ्चचल  विश्वविद्यालयले सम्बन्धन दिन नसकिने जनाउ दियो। 

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिन खोजेका सञ्चालकहरू अहिले पनि त्यसकै पर्खाइमा छन्।    

प्रकाशित मिति: : 2020-12-11 16:17:00

प्रतिकृया दिनुहोस्