राष्ट्रिय मानव अधिकार आयोगबाट प्रदान गरिँदै आएको “दयाराम स्मृति मानव अधिकार सम्मान” यस वर्ष मानव अधिकारकर्मी तथा अभियन्ता डा. रेणु अधिकारीलाई प्रदान गरिने भएको छ ।
आयोगले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार सम्मान तथा पुरस्कारको घोषणा गरेको हो ।
सम्मानित हुने डा. रेणु अधिकारी महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) नेपालका संस्थापक तथा लैङ्गिक समानता, लैङ्गिक न्याय र महिला हिंसाको न्यूनीकरणको अभियानमा विगत तीन दशकदेखि निरन्तर कार्य गर्दै आएकी छिन् ।
यस्तै “मानव अधिकार पुरस्कार” पत्रकार तथा मानव अधिकारकर्मी झलक गैरेलाई दिइने भएकाे छ।
गैरे नेपालगञ्जस्थित नेपालगञ्ज दैनिकको प्रधान सम्पादक, रेडियो भेरी आवाजका स्टेशन प्रमुख, नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य/प्रदेश संयोजक छन् ।
गैरेले पत्रकारिताको माध्यमबाट मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु-याउँदै आएका छन् ।