शिलापत्र
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा आइतबार कार दुर्घटना भयो । भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ८च ४७५६ नम्बरको कार बिहान १२ः४५ मा बीच सडकको फलामे रेलिङ भाँच्दै सडक छेउमा रहेको सिमेन्टको खम्बामा ठोकिएको थियो ।
दुर्घटनामा परी कारमा सवार काठमाडौं महानगरपालिका- ४ पीपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको घटनास्थलमै मृत्यु भयो । कारमा सवार अन्य तीन जना भने सामान्य घाइते भए ।
कारका चालक मध्यपुरथिमि–१ लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्की, कारमा सवार सोही ठाउँका २६ वर्षीय विजय देउजा र सूर्यविनायक नगरपालिका- ४ दधीकोट गाम्चा बस्ने २७ वर्षीय सुदीप थापामाथि घटनाबारे सोधपुछ भइरहेको भक्तपुर प्रहरीको भनाइ छ ।
कार दुर्घटनापछि रियाको मृत्यु भएको देखेपछि उनीहरू छाडेर फरार भएको खुलेको प्रहरीको भनाइ छ । कार चालकले प्रहरीलाई दिएको बयानअनुसार महिलासहित उनीहरू रमाइलो गर्न उक्त दिन नगरकोटसम्म पुगेका थिए ।
चालक रञ्जितले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘कारको गति १ सय २० थियो । अगाडिबाट गाईको बाच्छो आयो । छल्न खोज्दा कार अनियन्त्रित भएर सडकभन्दा बाहिर गयो । फर्किनुभन्दा पहिला हामी रमाइलो गर्न नगरकोट पनि पुगेका थियौँ ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया