क्यानडामा पनि फाइजर खोपलाई दिइयाे अनुमति

बिएल संवाददाता

काठमाडाै‌ं

क्यानडाले पनि अमेरिकी कम्पनी फाइजरले बनाएको कोरोनाविरुद्ध खोप प्रयोगका लागि अनुमति दिएको छ।

बेलायतपछि क्यानडाको स्वास्थ्य नियामक निकायले फाइजर–बायोएनटेकले संयुक्त रूपमा बनाएको खोपलाई अनुमोदन गरेको हो।

परीक्षण क्रममा फाइजर - बायोएनटेकले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको भन्दै प्रयोगका लागि अनुमति मागेको थियो। 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अब यसै  महिना देशमा २ लाख ४९ हजार डोज खोप उपलब्ध हुने बताएका छन्।
 

प्रकाशित मिति: : 2020-12-10 07:31:00

प्रतिकृया दिनुहोस्