कागजपत्र बिहिन नेपालीहरुलाई प्रदान गरिएकाे टीपीएसको अवधि ९ महिना थप

अमेरिकी सरकारले कागजपत्र बिहिन नेपालीहरुलाई प्रदान गरेको टीपीएस (टेम्परेरी प्रोटेक्टेड स्ट्याटस)को अवधि ९ महिना थप गरेकाे छ।

अमेरिकी सरकारले बुधबार फेडरल रजिष्टरमा एक सुचना प्रकाशित गरी नेपाललगायत एल साल्भाडोर, हाइटी, निकारागुवा, सुडान र होण्डुरसको टीपीएस अवधि ९ महिना थप्ने जनाएको हो।

आगामी जनवरी ४ मा समाप्त हुन लागेको यो प्रक्रियालाई बढाएर अक्टोबर ४, २०२१ सम्म बनाइने भएको छ।

अमेरिकी अदालतमा रहेका विभिन्न मुद्दाका आदेशहरुको कार्यान्वयनका क्रममा टीपीएसका कागजातको अवधि थपिने भएको हो । यो निर्णयसँगै वर्क परमिट, टीपीएस नोटिस अफ एक्सन आई ७९७ र आई ९४ को अवधि स्वतः थपिने भएको छ।

टीपीएस वाहकले कुनै पनि आवेदन दिनुनपर्ने जनाइएको छ साथै रोजगार दातालाई फेडरल रजिस्टरमा प्रकाशित सुचना देखाएर वर्क परमिटको म्याद थपिएको जानकारी गराउन सकिनेछ।

अमेरिकी सरकारको यो निर्णयले कानूनी हैसियत नभएका नेपालीहरुले त्यो समयसम्म कानूनी हैसियत मै अमेरिकामा बस्न र काम गर्न पाउने छन्।

सेन्टर फर अमेरिकन प्रोग्रेसका अनुसार सन् २०१५ देखि हालसम्म करिब १४ हजार ८०० नेपाली टीपीएस होल्डरहरु रहेका छन्।

नेपाली टीपीएस प्राप्त गर्नेहरुले आफ्नो आप्रवासन स्थिति प्रयोग गरेर महत्वपूर्ण आर्थिक र सामाजिक योगदान पुर्‍याएका छन्।

 

प्रकाशित मिति: : 2020-12-08 21:21:00

प्रतिकृया दिनुहोस्