फ्रान्सले तत्काल लकडाउन नहटाउने

फ्रान्सले तत्कालै लकडाउन नहटाउने भएको छ। बेलायतले कोरोनाविरूद्ध खोपको तयारी गरेपनि देशमा बढ्दो कोरोना संक्रमणका कारण लकडाउन यथावत राख्ने बताएको छ। 

फ्रान्समा हाल दोस्रो चरणको कोरोना छ। १५ डिसेम्बरसम्म लकडाउन हटाउने सम्भावना निकै कम देखिन्छ। 

फ्रान्सको स्वास्थ्य मन्त्रालयका अधिकारी जेरोम सेलोमनले भने, ‘हामी कठिन अवस्थामा छौं। अवस्था केही नियन्त्रणमा आएको छ। तर, लकडाउन हटाएर खतरामोल्न चाहन्नौं।’

फ्रान्समा ६ साताका लागि लागु गरिएको लकडाउनको अवधि १५ डिसेम्बरमा समाप्त हुदैछ। चार साताअघि हरेक दिन करिब ५० हजारको हाराहारीमा नयाँ कोरोना संक्रमित फेला परिरहेका थिए। 

यहाँ कोरोना संक्रमितको दैनिक संख्या घटेर ११ हजारमा झरेको छ। तर, तत्काल लकडाउन हटाउँदा पुनः फैलिनसक्ने खतरा छ। 

फ्रान्समा ५५ हजारभन्दा बढी मानिसको निधन भइसकेको छ।
 

प्रकाशित मिति: : 2020-12-08 12:44:00

प्रतिकृया दिनुहोस्