ओलीजीलाई बुढेसकालमा केटाकेटीपन आयो, यसो नि छैन, उसो नि छैन!

आयोमेल

काठमाडौँ

सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अन्तरसंघर्षका कारण सिर्जित विवाद अहिले उत्कर्षमा छ।

सोमबार बोलाइएको स्थायी कमिटी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पत्र पठाए तर उपस्थित भएनन्।

स्थायी कमिटी बैठकमा अनुपस्थित भएपछि नेकपाभित्रको विवाद थप बल्झिने संकेत देखिएको छ।

नेकपा विवादको अन्तर्य, जारी विवाद र समाधानका उपायबारे स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री मातृका यादवसँग आयोमेल संवाददाता धैर्यकान्त दत्तले गरेको कुराकानी:

नेकपाभित्र चलिरहेको विवादको मुख्य कारण के हो?
हाम्रो सिद्धान्तले के भन्छ भने अन्तर्विरोध सर्वव्यापी छ, सबै ठाउँमा हुन्छ। पार्टीमा मात्र होइन समाजमा पनि अन्तर्विरोध चलिरहन्छ। र, समाजकै एउटा प्रतिविम्ब पार्टी हो। त्यसैले पार्टीभित्र पनि अन्तर्विरोध हुन्छन्।

अन्तर्विरोध कहिले मैत्रीपूर्ण त कहिले शत्रुतापूर्ण हुन्छन्। यो अन्तर्विरोधलाई पार्टीले निरन्तर व्यवस्थापन गर्दै जानुपर्दछ। फेरि, नयाँ किसिमको अन्तर्विरोध हुन्छ किनभने क्रान्ति भनेको कहिल्यै पनि बनिबनाउ हुँदैन।

र, कुनै देशको नक्कल गरेर पनि हुँदैन। क्रान्ति जहिल्यै पनि आफ्नै विशेषतानुसारको हुन्छ।

अहिले हामी समाजवादमा जाने कुरा गरिरहेका छौं। त्यो बनिबनाउ बाटो पनि छैन। विभिन्न कारण थुप्रै मोडल फेल पनि भइसकेका छन्। त्यसको समीक्षा गर्दै नेपालमा कस्तो समाजवाद हुन्छ विचार गर्नुपर्ने छ।

पार्टी चल्ने भनेको विचार र विधिबाट हो। त्यसलाई मान्ने कि त्यसअनुसार हिँड्ने कि नहिँड्ने? अहिलेको विवाद भनेको त्यो हो। र, यो विवाद पार्टी एकता भएदेखि निरन्तर चल्दै आइरहेको छ। 

प्रकाशित मिति: : 2020-12-07 20:20:00

प्रतिकृया दिनुहोस्