कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ सय नाघ्याे

२ लाख ४१ हजार ९ सय ९५ पुगे काेराेना संक्रमित

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्वीर
फाइल तस्वीर

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ सय नाघेको छ।

हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

पछिल्लो २४ घण्टामा मात्रै थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यस्तै काेराेना संक्रमितकाे संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ। 

 मन्त्रालयका अनुसार सोमबार १ हजार ६ सय २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ।

यस्तै हाल देशभर १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमित छन्।

जसमध्ये ५ सय २७ जना क्वारेन्टाइनमा रहेकाे मन्त्रालयले जनाएकाे छ। 

प्रकाशित मिति: : 2020-12-07 16:31:00

प्रतिकृया दिनुहोस्