बारामा कोरोना संक्रमित महिलाको मृत्यु

बारामा कोरोना भाइरस संक्रमित एकजना महिलाको मृत्यु भएको छ । 

बाराको जितपुरसिमरा उपमहानगरपालिका ४ की ७१ धन कुमार सुनुवारको साेमबार बिहान पौने सात बजे वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको आइसोलेशन बाबा होटेलमा मृत्यु भएको हो । 

सुनुवारलाई दमको समस्या भएपछि मंसिर १६ गते वयोधा हस्पिटल लगिएकोमा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि बाबा होटलको आइसोलेशनमा लगिएको थियाे।
 

प्रकाशित मिति: : 2020-12-07 12:37:00

प्रतिकृया दिनुहोस्