बङ्गलादेशमा चार लाख ७७ हजार पुगे काेराेना सङ्क्रमित

बिएल संवाददाता

काठमाडाै‌ं

बङ्गलादेशमा आइतबारसम्ममा चार लाख ७७ हजार ५४५ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले जानकारी गराएको छ ।

बङ्गलादेशमा आइतबार एक हजार ६६६ जनामा कोभिड–१९ सङ्क्रमण भएको छ भने ३१ सङ्क्रमितको मृत्यु भएको छ । 

यो तथ्याङ्कसहित बङ्गलादेशमा कूल सङ्क्रमित हुनेको सङ्ख्या चार लाख ७७ हजार ५४५ पुगेको छ भने अहिलेसम्म छ हजार ८३८ कोभिड सङ्क्रमितको मृत्यु भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । 

बङ्गलादेशभर विगत २४ घण्टामा १३ हजार २१८ व्यक्तिको कोभिड परीक्षण गरिएको थियो । 

निर्देशनालयका अनुसार बङ्गलादेशमा आइतबार दुई हजार ५५२ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् भने अहिलेसम्म कूल तीन लाख ९५ हजार ९६० कोभिड सङ्क्रमितको सङ्क्रमणमुक्त भएका छन् । 

मुस्लिम बहुल यस मुलुकमा कोभिड–१९ सङ्क्रमित १.४३ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने ८२.९२ प्रतिशत विरामी सङ्क्रमणमुक्त भएका छन् ।

यो मुलुकमा सबैभन्दा बढी चार हजार १९ व्यक्ति एकै दिन जुलाई २ मा कोभिड–१९ सङ्क्रमित बनेका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ सङ्क्रमितको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति: : 2020-12-06 18:54:00

प्रतिकृया दिनुहोस्