बिएल संवाददाता
नकारात्मक सर्किट ब्रेकर लागेर बन्द भएको सेयर बजारमा ७ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बजार ६% घटेपछि दिउँसो २ बजेर १३ मिनेट जाँदा कारोबार स्थगित गरिएको हो ।
नेप्से सूचक १२३.३४ अंकले घटेर १९३२.११ विन्दुमा आइपुगेको छ । केन्द्रीय बैंकले शुक्रवार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै सेयर धितो कर्जाको वर्तमान व्यवस्थामा पुनरावलोकन गर्ने बताएपछि शेयरबजारमा पहिरो गएको हो ।
१ करोड ५४ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएका छन् । कारोबार भएका सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै ९.१३% ले घटेको छ । यसमा नेपाल टेलिकम तथा पुनर्बिमा लगायतका कम्पनीहरुको वर्चस्व छ । बिमा समूह, उत्पादनमूलक तथा व्यापारिक समूहहरुमा पनि भारी गिरावट आएको छ ।
वाणिज्य बैंक समूहको सूचक ६४.९ अंकले घटेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी, नेपाल लाइफ इन्सुरेन्स तथा नेपाल टेलिकमको वर्चस्व रहेको छ । डेढ दर्जन कम्पनीको भाउ ९% माथि घटेको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया