‘स्वर्गीय दिनेश गुप्ता मेमोरियल टी २० क्रिकेट प्रतियोगिता’को उपाधि खुटवा क्लबलाई

Breaknlinks
Breaknlinks

बाराको प्रसौनी गाउँपालिकामा आयोजान गरिएको ‘स्वर्गीय दिनेश गुप्ता मेमोरियल टी २० क्रिकेट प्रतियोगिता’ को उपाधि खुटवा क्रिकेट क्लबले जितेको छ। 

प्रसौनी क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगितामा युनाइटेड क्रिकेट क्लबलाई ८२ रनले पराजित गर्दै खुटवाले उपाधि हात पारेको हो।

शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिंङ गरेको खुटवाले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १९२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। 

No description available.

खुटवाका मक्सुद अन्सारीले विस्फोटक ब्याटिङ गर्दै २४ बलमा ५४ रन बनाएका थिए। अर्का ब्याट्सम्यान एम डी सरिफ अन्सारीले ३१ बलमा ५३ रनको योगदान दिएका थिए। 

बलिङतर्फ युनाइटेड क्रिकेट क्लबका वासिम मन्सुरले २ विकेट हात पारे। 

यस्तै सोनु कुशवाहाले १ विकट हात परेका थिए। 

No description available.

१९२ रनको लक्ष्यको पछ्छाएको युनाइटेड १७.३ ओभरमा अलआउट हुँदै १११ रनमा समेटियो। 

युनाइटेडका सजाद अलिले ३५ रन बनाउदा बाँकी ब्याटसम्यानले गतिलो प्रदर्शन गर्न सकेनन। 

विपक्षी टिमलाई सस्तैमा समेट्न खुटवाका रामप्रबेश साहले ३ विकेट हात पार्न सफल भए। 

No description available.

उपाधिसहित विजयी टिमले १५००० हजारका साथै प्रमाणपत्र, मेडल र  शिल्ड पाएका थिए। 

यसैगरी उपबिजेता टिमलाई ७५ सय नगदसहित प्रमाणपत्र, मेडल र शिल्ड दिइएको थियो। 

प्रकाशित मिति: : 2020-12-06 08:37:00

प्रतिकृया दिनुहोस्