‘मेरो शक्तिले भ्याएसम्म खोपका लागि सबैलाई जागरुक बनाउने प्रयास गर्नेछु’

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले शक्तिले भ्याएसम्म कोरोना भाइरसविरुद्धको खोपका लागि सबैलाई जागरुक गराउने प्रतिवद्दता जनाएका छन्।

गृहराज्य डेलवरको विलमिङ्गटनमा वाइडेनले कोरोना भाइरसविरुद्धको खोपलाई अनिर्वाय बनाउने नमिले पनि खोप लगाउन जगरुक गर्ने बताएका हुन्।

उनले भने, ‘कुन बेला कहाँ खोप लगाउने भन्ने व्यक्तिको स्वतन्त्रताको निर्णय हो। तर, राष्ट्रपतिका रुपमा मेरो शक्तिले भ्याएसम्म खोपका लागि सबैलाई जागरुक बनाउने प्रयास गर्नेछु।’

अहिलेसम्म अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ४३ लाख ३७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। यस्तै अहिलेसम्म दुई लाख ७८ हजार ६ सय अमेरिकीको ज्यान गएको छ।

शुक्रबार मात्रै अमेरिकामा २५ सय भन्दा धेरैको ज्यान गुमाएका थिए कोरोना भाइरसकको संक्रमणबाट। यस्तै झण्डै दुई लाख २५ हजार संक्रमित थपिएका छन्।

अमेरिकाले डिसेम्बरको मध्यसम्ममा फाइजर र मोदेर्नाका खोपलाई स्वीकृति प्रदान गर्ने सम्भावना छ।

हालै भएको एक अध्ययन अनुसार मात्रै ६० प्रतिशत अमेरिकीहरु खोप लगाउनका लागि तयार छन्।

तेस्रो चरणको परीक्षणमा ९५ र ९४ प्रतिशत प्रभावकारी देखिएको दावी गरिएको छ। 

यता बेलायतले फाइजरको खोपलाई स्वीकृति प्रदान गरिसकेको छ। 

प्रकाशित मिति: : 2020-12-05 08:12:00

प्रतिकृया दिनुहोस्