पाँच हजारलाई पछि पार्दै ‘किड अफ द इयर’ बनिन् १५ वर्षीया गीताञ्जली राव

बिएल संवाददाता

न्युयाेर्क

१५ वर्षीया वैज्ञानिक तथा आविष्कारक गीताञ्जली राव टाइम्स म्यागाजिनको पहिलो ‘किड अफ द इयर’ बनेकी छिन् । 

गीताञ्जली मनोनयनमा परेका आठदेखि पाँच हजार अमेरिकीबाट छानिएर किड्स अफ द इयर बनेकी हुन् । 

उनी अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएकी छिन्।

गीताञ्जलीलाई खानेपानीमा हुने रसायन पत्ता लगाउने उपकरण निर्माण गर्नेदेखि अनलाइनमार्फत् हुने दुर्व्यवहार पत्ता लगाउनेसम्मका आविष्कार गरेको सम्मानमा यो पुरस्कार प्रदान गरिएको हो । 

गीताञ्जलीले कोलोराडोस्थित आफ्नै घरबाट भर्चुअलरुपमा हलिउडकी नायिका तथा सामाजिक अभियान्तालाई अतर्वार्ता दिएकी थिइन् । 

उनले जोलीसँगको अन्तर्वार्तामा भनिन्, ‘म यो काम गर्न सक्छु भने सबैले यो काम गर्न सक्नुहुन्छ। यसका लागि निरीक्षण, मन्थन, अनुसन्धान, निर्माण र संवादकाे आवश्यक छ।’

उनले मानिसले आफैंले सृजना नगरेका समस्याहरुको समाधान पनि नयाँ प्रविधिको माध्यमबाट खोजी गर्न सकिने विश्वास व्यक्त गरिन् । 
 

प्रकाशित मिति: : 2020-12-04 13:43:00

प्रतिकृया दिनुहोस्