आयुर्वेदिक महत्वको गौमूत्र : वैज्ञानिक दृष्टिमा के–के छन् फाइदा ?

अनलाइनखबर

काठमाडौँ

डा. हेमराज कोइराला

हिन्दू धर्ममा गाईलाई आमा मानिएको छ । संसारको सबैभन्दा प्राचीन धर्मले एउटा सामान्य पशुलाई आमाको स्थान दिनु र यसको मल एवं मूत्रलाई परमपवित्र मान्नु सामान्य नभएर विशेष रहस्यको विषय हो । अझ आयुर्वेदमा त गौमूत्रलाई अति महत्वपूर्ण औषधिको रूपमा प्रयोग गर्ने गरिन्छ ।

पाँचहजार साल पुरानो मानिने आयुर्वेदिकग्रन्थ सुश्रुत संहिताको सूत्रस्थानको ४५औ अध्यायमा गौमूत्रको अनेकौं औषधीय गुणको वर्णन  गरिएको छ । यसैगरी ३५ सय वर्ष पुरानो महर्षि बागभट्टद्वारा लिखित अष्टाङ्गहृदय संहितामा समेत गाईलाई प्रकृतिको अनुपम उपहार भनिएको छ । अष्टाङ्गहृदय संहितामा गौमुत्र एक्लैले मात्र वात र कफ जस्ता व्याधिलाई ठीक गर्छ भनिएको छ भने अन्य औषधिहरूको साथमा प्रयोग गर्दा पित्तव्याधिलाई  पनि निको पार्ने तथ्य पेश गरिएको छ ।

के छ गौमूत्रमा ?

गौमुत्र धेरैवटा औषधिहरूले मिलेर बनेको जैविक घोल हो । यो एउटा यस्तो जैविक द्रव्य हो जसमा हालसम्म २१ वटा धातुहरू लगायत अन्य महत्वपूर्ण जैविक रसायनहरू पाइएको छ । गौमूत्रमा पाइने धातुहरू निम्नलिखित छन ।

प्रकाशित मिति: : 2020-12-03 19:13:00

प्रतिकृया दिनुहोस्