बिएल संवाददाता
ओलिभर जिरुउडको चार गोलमा चेल्सीले च्याम्पियन्स लिगमा स्पेनिस क्लब सेभियामाथि ४–० को सानदार जित हात पारेको छ।
रमन सान्चेज पिजुवानमा बुधबार राति भएको खेलमा चेल्सीले सेभियालाई उसकै मैदानमा जित निकालेको हो।
यो जितसँगै अपराजित रहेको चेल्सी समूह ‘ई’ बाट समूह विजेता बन्दै प्रि–क्वाटरफानलमा पुगेकाे छ।
खेलको आठौं मिनेटमा काई हार्भटजको पासमा जिरुउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।
५४औँ मिनेटमा माटियो कोभासिसको पासमा जिरुउडले व्यक्तिगत दोस्रो गोल गरे।
७४औँ मिनेटमा एङ्गोलो कान्टेको पासमा जिरुउडले गोल गर्दै ह्याट्रिक पुरा गरे।
८३औं मिनेटमा जिरुउडलाई सर्जी गोमेजले फल गरेपछि चेल्सीले पेनाल्टी पाये।जसमा उनले गाेल गर्दै चेल्सीलाई फराकिलो जित दिलाए।
जिरुउड सन् २०१० पछि एकै खेलमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन्। २०१० मा हालका प्रशिक्षक फ्रान्क लाम्पार्डले प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्ध चार गोल गरेका थिए।
चेल्सीको ५ खेलबाट १३ अंक छ। पराजित सेभिया १० अंकसहित दोस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको छ। चेल्सीको ५ खेलबाट १३ अंक छ। पराजित सेभिया १० अंकसहित दोस्रो हुदै नकआउट चरणमा प्रवेश गरेको छ। क्रास्नोडरको ४ तथा रेनेसको १ अंक छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया