बुधबार, १७ डिसेम्बर २०२५

पर्सामा आँखा निकालिएको अवस्थामा युवककाे शव फेला

News Image
• • •

पर्साको धोबिनी गाउँपालिका २ भिखमपुरस्थित नहरमा एक युवकको शव फेला परेको छ। 

नहरमा शव देखेपछि मंगलबार बिहान साढे ८ बजे स्थानीयले शव फेला परेका हुन्। 

प्रहरीका अनुसार उक्त शव कालिकामाई गाउँपालिका १ तीनडोबिया टोलका २६ वर्षीय एमामुल हुसैनको हो।

‘घोप्टो परेको अवस्थामा नहरमा शव भेटिएको छ, मृतकको दाहिने आँखा निकालिएको रहेछ’ इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दीपक थापाले भने।

उनका अनुसार तीन दिनअघि धोबिनी गाउँपालिका–१ भिखमपुर जन्ती जान भनी साथीसँगै निस्केका थिए। 

सँगै जन्ती जान निस्केका साथीहरुले नै उनको हत्या गरेको हुन सक्ने आशंका मृतकका आफन्तले गरेका छन्। 

प्रहरीले भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने जनाएको छ।

घटनास्थल जाँच मुचुल्कापछि शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएकाे छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!