सोमबार, १५ डिसेम्बर २०२५

देशभरको मौसम सामान्यतया सफा रहने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

मंगलबार देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली वा पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।

काठमाडौं उपत्यकासहित देशभरका तराई क्षेत्रमा बिहान लागेको हुस्सु तथा कुहिरो बिस्तारै हट्दै जाने छ।

अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ। दिनभर नै देशभर मौसम सामान्यतया सफा रहने जनाइएकाे छ।

यस्तै गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!