तेजन खड्का
नेपालमा गणतन्त्र स्थापना भएको १३ वर्षपछि राजधानी काठमाडौंमा राजाको पक्षमा आवाज उठेको छ।
सात राजनीतिक दल तथा बिद्रोही माओवादी पक्षबीच २०६३ सालमा बृहत शान्ति–सम्झौंता भएर नेपालमा गणतन्त्र स्थापना भएको थियो।
तर, दलहरूको कार्यशैली, व्याप्त नातावाद्–कृपावाद, महंगी, बेरोजगारी तथा सत्ताका लागि नेता–नेताबीचको झिनाझपटीबाट आजित भएका नेपाली जनता सोमबार राजधानी काठमाडौंको नयाँ बानेश्वर (एभरेस्ट होटल वरिपरि) मा जम्मा भए।
आउँदो मंसिर २० गते काठमाडौंमा आयोजना हुने अहिलेसम्मकै ठूलो विरोध सभाको आयोजनाको ‘रिहर्सल’ को रूपमा आजको कार्यक्रमलाई हेरिएको राष्ट्रिय शक्ति नेपाल उपत्यका समन्वय समितिले बिएल नेपाली सेवालाई जानकारी दियो।
यसअघि झापा, विराटनगर, मकवानपुर, पोखरा, नेपालगञ्ज र बुटबलमा पनि राजतन्त्रको पक्षमा र्याली निस्किसकेको छ।
सोमबार बिहान ११ बजेबाट निस्किएको राजावादीहरूको जुलुसमा ‘राजा आऊ, देश बचाऊ’, ‘संघीयता खारेज गर’, ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह अमर रहुन्’, ‘भ्रस्ट सरकार मुर्दाबाद’, ‘राष्ट्रिय एकता जिन्दावाद’, ‘तस्करी गिरोह नियन्त्रण गर’, ‘गणतन्त्र खारेज गर। राजसंस्था कायम गर’ जस्ता नारा सुनिएको थियो।






























माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया