बिएल संवाददाता
अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले सञ्चार तथा प्रेस हेर्न शीर्ष टिम घोषणा गरेका छन्।
केट बेडिङ्गफिल्ड नेतृत्वमा ह्वाइट हाउसको सञ्चार तथा प्रेस हेर्न ७ सदस्यीय टाेली घाेषणा गरेका हुन्। यी पदका लागि माथिल्लो सदन सिनेटको अनुमोदन चाहिँदैन।
बेडिङ्गफिल्ड वाइडेनको चुनावी अभियानकी डेपुटी कम्युनिकेशन डिरेक्टर हुन्। उनी बाराक ओबामा प्रशासनमा ह्वाइट हाउस कम्युनिकेशन डिरेक्टर थिइन्।
वाइडेनले ह्वाइट हाउस प्रवक्ता जेन साकीमार्फत् जारी गराएकाे वक्तव्यमा भनिएकाे छ, ‘सम्पूर्ण महिलासहितको पहिलो ह्वाइट हाउस कम्युनिकेशन टिम घोषणा गर्न पाउँदा गर्व लागेको छ।’
वाइडेनले राष्ट्रपति चुनावमा जित हात पारे लगत्तै आफ्नो प्रशासन विविधताले युक्त हुने र त्यसमा सबैको प्रतिनिधित्व हुने बताउँदै आएका थिए। उनले आफ्नो प्रशासनले देशको प्रतिनिधित्व गर्ने दाबी गर्दै आएका छन्।
‘यी योग्य र अनुभवी सञ्चारविज्ञहरुले काममा विविधता ल्याउने र यो देशलाई पुनः राम्रो तथा उत्कृष्ट मार्गमा ल्याउने प्रतिवद्धता जनाएका छन्,’ उनले वक्तव्यमा भनेका छन्।
उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारीका दुई शीर्ष प्रेस सल्लाहकारमा सिमोन सान्डर्स र एश्ली एटिएन रहने छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया