ज्ञानेन्द्र मल्लसहित ऐरी र पौडेल बन्द प्रशिक्षणमा फर्किए

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसकाे रिपोर्ट नेगेटिभ आएका राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरु नेपाल क्रिकेट संघ (क्यान)ले सञ्चालन गरिरहेको बन्द प्रशिक्षणमा आजदेखि सहभागी हुने भएका छन्।

कप्तान ज्ञानेन्द्र मल्लसहित, उपकप्तान दीपेन्द्र ऐरी र रोहित पौडेल र स्टाफ प्रदीप लामाको गत मंगलबार गरिएको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको थियो। 

पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा चार जनाको रिपोर्ट नेगेटिभ आएको थियो।

 रिपोर्ट नेगेटिभ आएपछि सबै प्रशिक्षणमा समावेश हुन लागेका हुन्। 

क्यानले पीसीआर परीक्षण गर्नुअघि नै पोजेटिभ रिपोर्ट आएका बसन्त रेग्मी र शनिबार पोजेटिभ रिपोर्ट आएका सन्दीप लामिछाने भने आइसोलेसनमा बसिरहेका छन्। यस्तै कुशल मल्ल उपस्थित भएका छैनन्।

शरद भेषावकर र सुबास खकुरेल बन्द प्रशिक्षणमा उपस्थित छैनन्।

नयाँ थप गरेका ५ मध्ये अनिल शाह, विक्रम सोब र रित गौतम पनि क्याम्पमा उपस्थित भइसकेका छन्।

यसैगरी क्यानले पूर्व राष्ट्रिय क्रिकेटर तथा नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाललाई क्याम्पको सहायक प्रशिक्षकको रुपमा समावेश गरेको छ। 
 

प्रकाशित मिति: : 2020-11-29 11:27:00

प्रतिकृया दिनुहोस्