लगातार दोस्रो पटक जुनियर टिमलाई ‘सिनियर भर्सेज जुनियर कप’काे उपाधि

सिनियर टिमलाई पराजित गर्दै लगातार दोस्रो पटक जुनियर टिमले ‘सिनियर भर्सेज जुनियर कप’ उपाधि हात पारेकाे छ।

२०७६ सालदेखि सरस्वती युवा स्पोर्ट कल्बद्धारा आयोजान गरिदै आएको ‘सिनियर भर्सेज जुनियर कप’ परवानीपुरस्थित वडका फिल्ड भएको खेलमा १ विकेटको जित हात पार्दै जुनियर टिम विजेता बनेको हो।

शनिबार भएकाे खेलमा जुनियर टिमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो।  

ब्याटिंङमा उत्रिएको सिनियर टिमले १६ ओभर को खेलमा ८ विकेट गुमाएर १०१ रन को लक्ष्य दिएको थियो। 

सिनियर टिमबाट बलराम सर्राफले सबै भन्दा बढि ४१ रन बनाए। 

१०१ रनको लक्ष्य पाएको जुनियर टिमलले १५.४ बलमा ९ विकेट गुमाएर लक्ष्य हासिल गर्‍याे।

सिनियर टिमको क्याप्टेन सर्वेश यादव थिए भने जुनियर टिम क्याप्टेन राहुल सर्राफ थिए।

उक्त खेलको सुरूवात खेलका प्रमुख अतिथि भौतिक पूर्वाधार मन्त्रि माननीय जितेन्द्र सोनल ज्युले ब्याटिङ र परवानीपुर गाउँपालिका का मेयर हरिनारायण साहले बलिङ्ग गरि गरे।

प्रकाशित मिति: : 2020-11-29 08:13:00

प्रतिकृया दिनुहोस्